सिन्धुपाल्चोकको एउटा सानो बजार, चाकु बजार। यता उति जता हेरे पनि सुख्खा,उजाड पहाड र पहिरो मात्र देखिन्थ्यो। तातो पानी नाकाबाट त्यस्तै 17 कि.मी टाढा भएता पनि आर्थिक तथा सामाजिक स्थितिले कमजोर नै थियो। यहाँको मान्छेको मुख्य पेसा भनेको नै होटल व्यवसाय र मनोरञ्जनात्मक व्यवसाय जस्तै; Pool, Snooker थियो। र आधा भन्दा बढी जनसंख्याको दिनचर्या त्यहाँ बन्दै गरेका जलविद्युत आयोजनामा काम गरेर बित्ने गर्थ्यो।
बिश्वव्यापी रुपमा फैलिएको कोरोनाको लहर भर्खर सुरु हुन लागेको थियो। कोरोनोले अरु ठाउँमा आक्रान्त पारेको जस्तो यस ठाउँमा त्यति असर पार्न सकेको थिएन, सायद भौगोलिक अवस्थाले गर्दा थियो। त्यहाँका स्थानीयहरु नै कामदार भएकाले जलविद्युत निर्माण आयोजनाहरु चलिनै रहेका थिए ।
म, तुलसी बहादुर राई र मेरी श्रीमती मेलिना राई होटल व्यवसाय साथसाथै एउटा सानो किराना पसल गर्थ्यौं। सायद खाजा मीठै बनाइने भएर होला, बिहान चिया नास्था, दिउँसो खाजा, बेलुका खाना र तीनपाने खानेको भीड नै लाग्ने गर्थ्यो । कोरोनाको महामारी फैलिएको बेलामा हाम्रो यो होटेलमा लागेको भिडले केहि हदसम्म जोखिम बढाएको नै थियो। तर पनि यस ठाउँको भन्दा बाहिरको मान्छे नभएकाले हामी ढुक्क थियौ।
एकदिन साँझ पख यहि जलविद्युत् आयोजनाको कामको सिलसिलामा एक जना इन्जिनियर यस ठाँउ चाकुमा आइपुगे । हेर्दा उनी पातलै भएता पनि स्वस्थ नै देखिन्थे र बाहिरी रुपमा हेर्दा त्यस्तो कोरोनाको लक्षण पनि थिएन। उनी आफ्नो कार्य क्षेत्रमा पर्ने सबैसँग घुलमिल भए। त्यस्तै गरी हाम्रो होटलमा पनि खाजा खान आउने गर्थे। अरुबेलामा मुखमा मास्क लाउने गरेता पनि खाने बेलामा फुकाल्न नै पर्ने हुन्थ्यो।
- कोरोना लाग्या होकी बुढा तिमीलाई
- मलाई केहि भाको छैन अलि अलि टाउको त पहिला नि दुखी रहनथ्यो नि
- कोरोना हो रैछ भने त यो अनिकालको बेला हाम्रो व्यापार सुकीहाल्छ नि, कसैलाई थाहा दिनु हुन्न।
- बेसार पानीले ठिक भैहाल्छ नि किन pcr गर्न पर्यो
- होटेल बाट नै धेरै मानिसमा कोरोना फैलिएको
- हस्पिटलमा बिरामी थपिदै भिड
- PCR गर्न जादा कि नगरपालिकाबाट सिफारिस ल्याउनुस कि आफै ambulance को भाडा तिरेर Swab Ktm पठाउनुहोस्
- झन् बिरामी हुदै
- चाकु बजारमा नै कोरोनाले महामारीको रुप लिदै
- काम बन्द भएको
- गरिबलाई ,आफैलाई ९५ पर्ने चिनी ९० को दरमा बेचेको (wala plot)
- पल्लो होटेलको कान्छी, होटेल बन्द गर्न परेर, बजारमा online काम दिन्छु भनेर जादा बेचिएकी (wala plot)
- बुढा अलि बढी नै बिरामी
- बुढा सिकिस्तै
- मैले फेरिरहेको oxygen बाट अलिकति उहालाई दिन मिल्दैन डाक्टर साब !!!
- एउटा सानो हेलचेक्र्याइले बजारमा पुरै फैलिएको
- कोरोना लाग्दैमा कुनै पाप गरे सरह डराउनु पर्दैन तर लागेको संखा लागेर पनि चेक नगराई बस्नु चाहिँ पाप हो। – नेपालमा कोरोना फैलिनुको मुख्य कारण
बजारकी मोटि दिदीकोमा पानीको जार पूराउनुपर्ने, आज त दूधको गाडी पनि आएन। झनै आज ५ डब्बा ल्याए पनि बिक्री हुन्थ्यो, अब त आए पनि काम छैन। बेलुका पसल खुल्न पाइनिहैन। तेहि पनि पुलिस आउनि बेला भइसक्यो, अचेल त हर्न पनि बजाउँदैन। सामान उठाएर लैजान्छु, भन्छ” भन्दै बुढी कराउँदै थिइ।
आफुलाई भने अघिदेखि पिसाब लाइराखेको थियो, बोलाएर उठाएर पिसाब फेर्न लगीदेउ पनि भन्न सकेको थिइन। भन्न लाग्छु एउटा न एउटा ग्राहक आइहाल्छ। म आफ्नो जिवनलाइ धिकार्दै पर्दापछाडि बसेर अगाडि के भइराखेको छ भनेर चित्रण गरिरहेको थिएँ।
अंकल हजुर त पुरै डराउनुभाको छ त, दुई मिटर भन्दा पनि टाढा बस्नु भाको छ”,”तिम्रो पसलमा कोरोना लाको नलाको मान्छे आउँछन् होसियार त हुनै पर्यो नि। मैले थाहा पाइहाले हरि अंकल रहेछन। हरि अंकलको कुरा सुनेपछि बुडी झस्किँदै, त्यस्तो नभुन्नन भनेकि थिई। अंकलले आधा किलो काँक्रो किनेर लिएर गए।
कोरोना लागेर मलाई लगेनि हुन्थ्यो नि, भनेर सोच्दै थिए, त्यहीबेला मैले पर्खेर बसेको ग्राहक आइपुग्यो। “भाउजु पाउरोटी दिनु न”, म पक्का थिए स्वर त्यहि थियो, समय त्यही थियो। लगातार चार दिनदेखि उसले पाउरोटी लिएर गएको थियो। आज पाँचौं दिन पनि उसले “चिनी कति रुपैया किलो छ नि” भनेर सोध्यो। ९० भनेको सुनेर उसले फेरी 9० भनेर प्रश्न गर्यो ।
बूढीले पहिलो दिन १०० दोस्रो दिन १०५ र तेस्रो र चौथो दिन १०० नै भनेकी थिइन् एकछिन् हिसाब गरेछ क्या हो २२ रुपैयाँको एक पाउ दिनुहुन भन्दै थियो।ग्राहक गएसी के गर्नी दीन-दुःखीलाई सहयोग गर्ने पर्यो आफ्नै ९५ पर्छ भन्दै थिइन्। १० र ५ रुपैयाँको नोट र बाँकी सिक्का दियो रे।
क्रमश …
0 Comments