This song started as a 2 AM thought I couldn’t shake. I began writing it down as a story, just to get it out of my head. Somewhere along the way the story turned into a poem, and the poem kept asking to be heard. So I finished it the only way that felt right: as a rap song.
If you’ve ever left home to build a better life, this one is for you. ❤️
Intro – The Reality
नेपालमा सोच्छन्, US मा पैसा रुखमा फल्छ,
टिप्यो भने पुग्छ, Life सजिलै चल्छ।
तर यहीँ बस्नेलाई मात्र थाहा हुन्छ,
कति रुखो जिन्दगी, कति एक्लो हुन्छ!
Chapter 1 – The Journey
एक suitcase, आमाको आशीर्वाद, बाबाको सपना, अनि मनमा डरको साथ,
एयरपोर्टबाट उडेँ, सबै छोडी पछाडि, नयाँ देश, नयाँ life, तर मन अलि खाली।
US पुग्दा नै first hit, कस्तो थियो shock,
लगेज नै हरायो bro, Welcome to the block!
त्यसमा थिए यादहरू, कपडाभन्दा धेरै,
त्यो दिन नै बुझेँ, यहाँ केही पाइँदैन सजिलै।
Chapter 2 – The Struggle
पहिलो Job, Ohh Man, कस्तो थियो phase,
आफैँलाई सोध्थेँ, Is it worth this chase?
साइकल चढेर काम, जाडोले हात जम्थ्यो,
मनमा pressure थियो, आँसु भित्रै थाम्थेँ।
एकजनाले सोध्यो, “You got a place to stay?”
हाँसेर भनेँ, “Yeah!” तर भित्र टुट्यो that day!
त्यो एउटा question ले मनमा घाउ भयो,
पहिलोपटक Self-respect मा चोट पुर्यायो।
रातमा एक्लै फोनमा आमाको face,
“म ठीक छु” भन्छु, but that’s not the case!
Call काट्नेबित्तिकै Breakdown, no grace,
भोलि फेरि उठ्छु, लगाएर Strong face।
Chorus – The Sacrifice
एक suitcase, आमाको आशीर्वाद, बाबाको सपना, अनि मनमा डरको साथ
एयरपोर्टबाट उडेँ, सबै छोडी पछाडि, नयाँ देश, नयाँ life, तर मन अलि खाली!
Chapter 3 – The Success
टाइम बित्यो, Things got better slow,
राम्रो काम भेटियो, Life picked up the flow!
पैसा आउन थाल्यो, Promotion पनि पाइयो,
जुन सपना बोकेर आएँ, आखिर हातमा आयो!
अहिले गाडी छ, सपनाजस्तै ride,
तर Passenger seat खाली, कोही छैन by my side!
Long drive मा गीत बजाउँछु loud,
Share गर्ने मान्छे?, Nowhere in the crowd!
Fridge भरी beer छ, जति खाए पनि पुग्छ,
तर साथीबिनाको बियरमा स्वाद नै छुट्छ।
एउटै bottle चार जनाले घुमाउने दिन,
अहिले एक्लै पिउँछु, That doesn’t feel like a win!
Chapter 4 – The Memories
याद आउँछ त्यो गल्लीको Cricket pitch,
Out भएपछि झगडा, अनि फेरि Team switch!
“कता छस्?” साथीको घरमा! अर्कोले सोध्दा,
“अर्कोको घरमा!” त्यो Freedom, त्यो Bond, त्यो Random Plan,
अहिले Calendar भरियो, तर छैनन् ती Plans!
गाँजा, रक्सी, लोकल सबै चाखियो,
हाँसीहाँसी रात काटियो, दुःख कहाँ देखियो?
Pocket खाली थियो, तर Heart full, Bro!
अहिले सबै छ, तर भित्र किन Hollow?
Bridge – The Price of Success
पैसाले सबै किन्न सक्ने भए पनि,
समय र मान्छे किन्न पाइँदैन कहिल्यै पनि।
Temporary high, तर Permanent low,
भित्रको खाली मन कसरी भन्नु, Bro?
बाहिरबाट Shine, भित्र Full of Rain,
“I’m doing great” भन्छु, कोही देख्दैन Pain!
Outro – At What Cost?
रातमा आफैँसँग बस्छु, No disguise,
Mirror मा हेरेर सोध्छु, “Was it worth the price?”
सपना पूरा भयो, Yeah, I made it through,
तर जसको लागि गरेँ, उही छैनन् यहाँ, That’s the truth!
सबै पाएँ जस्तो छ, गुमाएँ पनि धेरै,
यो जिन्दगीको हिसाब मिलेन अझै।
यो निरबको कहानी हो, सपना पूरा भयो,
तर जवाफ अझै बाँकी छ!
सबै पाएँ… तर के गुमाएँ?
At what cost?
At what cost?




Discussion
0 comments