Table of contents (4 sections)
Before the accident
सधैँ जसो कलेज सकेर करिब दिउँसोको ३:३० बजेतिर म र किशोर घर फर्किदै थियौं। सातदोबाटोबाट बाटो फराकिलो र ठूलो भएतापनि बाटोमा गाडिहरुको चाप पनि उस्तै थियो। "ठिक्क स्पिडमा चला है राजा, धेरै नबटार है" भन्दै म उसको बाइक पछाडि बसेको थिएँ। हुन त पछाडि बस्नुपर्ने बाध्यता जस्तो नै थियो किनकि मलाई त्यति राम्ररी चलाउन पनि त आउँदैनथ्यो।
हामी त्यस्तै 50 जतिको स्पिडमा गुडिरहेका थियौँ। किशोर सधैं भन्ने गर्थ्यो, बाईकको मज्जा छुट्टै हुन्छ। सरर हावाको स्पर्श लिँदा मनबाट नै उडेको अनुभूति हुन्छ र थकान, दुःख, पीडा सब कम भएको महसुस हुन्छ। उसको कुरा मनन गरी, उनी सँगको झगडा भुली आनन्द लिँदै आँखा बन्द गरेर हावालाई महसुस गर्दै थिएँ म। मेरा आँखा बन्द र मन मस्तिष्क सबै हावाको स्पर्शले गर्दा खाली र शान्त थिए।
Waking up in hospital
अचानक मैले ठूलो आवाज सुनेँ र जोडको झड्का महसुस गरेँ। मैले के भएको हो भनेर हेर्न आँखा खोल्न पनि मेसो नै पाइनँ। जब आँखा खुल्यो तब मेरो अगाडि मेरी मम्मी हुनुहुन्थ्यो, सायद निदाउनु भएको थियो। मैले कहाँ छु, के भैराखेको छ केहि ठम्याउनै सकेको थिइनँ। यसो वरिपरि हेरेँ अनि थाहा पाएँ, म हस्पिटलमा पो रहेछु।
मलाई के भएको हो भनि आत्तिएर उठ्न खोजेँ तर मैले घाँटीभन्दा तल मेरो शरिर छ या छैन भनेर पनि एकिन पाउन सकिनँ। अत्ताल्लिएर मैले हल्का टाउको उठाएर हेरेँ, मेरो दुबै खुट्टा र दाहिने हातमा सेतो पट्टि बानिएको थियो। मम्मीलाई बोलाउन खोजेँ तर मुखबाट आवाज नै निक्लिएन। धेरै बोलाउन प्रयास गरें तर निक्लिएन। आँखाबाट आँसु बग्न थाले तर अहँ आवाज निस्किएन। खुसी हुँदा होस् या रिसाउँदा,घरबाट फोन आउँदा होस् या घरमा पुग्दा सुरुमै निक्लिने यति प्यारो नजिकको "ममी" शब्द समेत बोल्न सकिनँ। यसो हुँदा म आँसु बगाउन बाहेक अरु केहि पनि गर्न सकिनँ।
The family’s pain
तैपनि प्रयास जारी राखे, धेरै पछि मलिन आवाजमा 'ममी' निस्कियो, ममी झस्केर जाग्नु भयो। मलाई रोएको देखेर आँखाभरि आँसु लिएर 'बावु' भन्नु भयो, अनि हतारिदै Nurse लाई बोलाउनु भयो। अलिपछि डाक्टर पनि आए अनि मलाई हेरे, अनि बल्ल मलाई थाहा भयो कि म ३ दिनदेखि बेहोस रहेछु। बोल्न मलाई अझै पनि धेरै नै गारो भैरहेको थियो। मैले ममीलाई के भएको हो? भनेर सोधेँ, मम्मी रुँदै तिमी र किशोरको ३ दिन अघि Accident भएको हो भन्नु भयो। बल्ल मैले थाहा पाएँ कि मैले महसुस गरेको त्यो झड्का बाइक ठोक्किएको पो रहेछ भनेर। म आत्तिँदै सकिनसकी ममी किशोर खै त? उसलाई कस्तो छ ? भने। ऊ ठिकै छ, उसको खुट्टामा अलि चोट लागेको छ। ऊ अहिले घरमा छ, मम्मीले जवाफ दिनुभो।
जवाफ दिनासाथ ममी भक्कानिएर रुनु भयो। ममीको आँखामा आँसु देख्दा, मैले आफूलाई सम्हाल्न नै सकिन अनि मेरो बल्लतल्ल सुकेको आँखा फेरि वर्षा यामको मुल जसरी नै रसायो। बावु नरोउ, छिटै ठीक हुन्छ भन्दै मम्मीले मेरा आँसु पुछिदिनु भयो। अलिपर बाबा र भाइ पनि रोइ रहेको यो आँखाले कैद गर्यो तर म त्यता फर्केर हेर्न पनि सकिन। त्यसबेला थपाएं आफ्नो परिवारको आँखामा आँसु देख्दा हुने पीडा,जतिनै ठूलो शारीरिक घाउको भन्दा निकै बढी हुने रहेछ।
Ride safe
Yearly Hundreds of promising youths lose their life in Road accidents in pursue of temporary pleasure esp. through Over speeding and Drunk Driving. Your Life is much precious than your ego Brothers. The pain to your family is much deeper than any external injuries you sustain.
Please Ride Safe. There is Life to Live and more moments to cherish.
Discussion





Reader ·
Sophia ·
Nirav Khanal ·
Reader ·