Dr. Gobinda KC and Medical Mafia

डा. केसी र नेपाली राजनीति

Table of contents (3 sections)
  1. राजनीतिले गालेको देश
  2. शिक्षा र डा. केसीका माग
  3. समर्थन

राजनीतिले गालेको देश

(हो थाह छ मलाई मैले बोलेर हुने त केही होइन त्यही पनि अहिले देशमा डा. गोबिन्द केसी प्रति देखिएको नकारात्मक विचार देखेर निष्पक्ष रुपमा केही बोल्नु मन लाग्यो।)

राजनीतिले गालेको देश ,यहाँ जागिर गरेर खाने भन्दा राजनीति गरेर  खाने बढी छन्; बरु आफ्नो परिश्रममा विश्वास राख्दैनन् होला तर पक्का आफ्नो राजनीति पार्टीका नेताको अन्ध भक्त छन्।नमरुन्जेल कैले मर्छ र मरिसकेपछि गुण गान गाउने चलन ;यसैको सिकार बनेका छन् Dr. Govinda KC। आफ्नो जीवन दाउमा राखेर नेपालीहरुले राम्रो स्वास्थ्य शिक्षा पाउन्,  शिक्षा क्षेत्र सबैको पहुचमा होस्,मेडिकल कलेजहरू विकेन्द्रीकरण  हुन्, अहिलेको जस्तो दुःख भावी पुस्तालाई भोग्नु नपरोस् भनेर लागेका छन् । हामी किन बुझ्न सकिरहेका छैनौं??हामी र हाम्रो अधिकार माथि आगो लगाएर केही दुषित मान्छेले पैसाको खेल खेलेको किन देख्न सक्दैनौं हामी???  हामीलाई सर्कसको बाघ नचाएको  जस्तै राजनीति दलहरुले  चुनावको बेला नचाएको र अन्य बेला मा माखो नी नमार्ने, आफ्नै स्वार्थमा लिप्त हुने गरेको येर्थाथ हामीलाई नौलो कुरा नै होइन। एक पटक सोचौं त Dr. KC हाम्रा लागि  केही नखाई अनसन बस्या छन् तर हाम्रा निम्ती लड्ने भनेर टोपलिएका हाम्रो कर बाट भुँडी भरेर,७ पुस्तालाई पुग्ने सम्पति जोडेर बस्या छन्। के यति फरक नदेख्ने हामी पार्टी भक्तले अन्धो भइसक्यौ??

शिक्षा र डा. केसीका माग

कसैले राजनीति गरेर र माफियाहरुलाई पोस्टाउने थलो शिक्षा क्षेत्र पक्कै पनि होइन। उनका माग पुरै जायज छन् र हामी सम्पूर्ण नेपालीहरु कै निम्ति छन्। अन्त्य मा हामी आफ्नो हात छाती मा राखेर सोचौं त अनि उनका मागले  हाम्लाई पार्ने  प्रत्यक्ष सकारात्मक असर बुझौं र खुलेर समर्थनमा लागौं ।

समर्थन

मलाई लाग्छ  Dr KC जस्ता अझ खाँचो छ देशमा।
म डा. केसीलाई समर्थन गर्छु।
#ISupportDrKC #HungerStrike
#आमरण_अनसन
#जय_नेपाल 🇳🇵
#NK54 🇳🇵

Dr. Gobinda KC and Medical Mafia
Dr. Gobinda KC and Medical Mafia

Discussion

2 comments

  1. Reader ·

    सही अभिव्यक्ति
  2. Reader ·

    Sahii samarthakkk…….aarulee nabujenii j hos jaldo baldoo youva le bujnuu thuloo kura hoo….N.k54..

Leave a comment

Your email is kept strictly private and will never be published.